दफा १०
सामुदायिक संस्थालाई परिचालन गर्ने
– (१) कोषबाट निर्धारित मापदण्ड पूरा गरेका समुदायमा आधारित भई गरीबी निवारण कार्यक्रम सञ्चालन गर्ने सामुदायिक संस्थालाई यस ऐनबमोजिम उद्देश्य प्राप्तिका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्न आवश्यकता अनुसार कोषले परिचालन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम परिचालित हुन चाहने संस्थाले तोकिए बमाजिम कोषमा दर्ता गराउनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम गरीबी निवारण कार्यक्रम सञ्चालन गर्नको लागि सामुदायिक संस्थालाई कोषले तोकिएबमोजिम अनुदान वा सहयोग उपलब्ध गराउन सक्नेछ ।